
पोखरा, ५ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार जना राज्यमन्त्री थप गरेका हुन् । रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ लिएका छन् ।
रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए ।