
पोखरा, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बसेका ८ जना पर्यटकको मृत्यु भएको छ ।
मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।
लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं हेम्स अस्पतालमा पठाइएको थियो ।
अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्रीसरीया, ५ वर्षीया बालिका अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ ।