सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

-


     मर्दी न्युज    
     १२ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १२ माघ । नेकपाका सांसद अग्नी सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए ।