कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने ६ सय २८ पुग्यो

-


     मर्दी न्युज    
     माघ २४ गते २०७६ मा प्रकाशित


Mardi News

तस्विरः एजेन्सी

पोखरा, २४ माघ । चीनामा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय २६ पुगेको छ भने चीन बाहिर २ जना गरी ६ सय ३८ जनाको हालसम्म मृत्यु भएको छ । एक जना फिलिपिन्समा र अर्को हङकङमा एक गरी चीनभन्दा बाहिर २ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणको हालसम्म १३ सय ४१ जनाको उपचार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अहिलेसम्म चीनमा मात्र संक्रमणको संख्या २८ हजार ९ सय ८५ जना पुगेको जनाएको छ । दुई दर्जनभन्दा बढी देशका गरी हालसम्म २९ हजार २ सय ७४ जना अझै पनि उक्त भाइरसबाट संक्रमित भएको जनाएको छ ।