त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

-


     मर्दी न्युज    
     २७ माघ २०७६ मा प्रकाशित


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ ।

घटनाबारे थप विवरण आइसकेको छैन । आगो नियन्त्रणका लागि प्रहरीहरु जुटिरहेका छन् । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।