चीनमा कोरोना भाइरसबाट एकैदिन १०८ को मृत्यु

-


     मर्दी न्युज    
     २८ माघ २०७६ मा प्रकाशित


पोखरा, २८ माघ । चीनको नोवल कोरोना भाइरसको इपीसेन्टर हुवे प्रान्तमा सोमबार एकै दिन १ सय ३ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका ५ जना गरी १ सय ८ जनाले ज्यान गुमाएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो ।

आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन् । चीनमा मात्र संक्रमितको संख्या ४१ हजार ६ सय ३८ जना पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट अन्य देशको गरी ४३ हजार १०० जना संक्रमित भइसकेका छन् ।

चिनियाँ अधिकारीका अनुसार संक्रमितमध्ये ४ हजार २६ जना उपचारपछि घर फर्किएको बताइएको छ ।