भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

“भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ”, उनले भनेका छन् ।

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उनको भनाइ छ ।