
पोखरा, २९ माघ । सूर्य नेपालको मुख्य प्रायोजनामा सञ्चालित सूर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्ट पोखरामा आज बुधवारदेखि सुरु भएकोछ । शीर्ष वरियताका गल्फर शिवराम श्रेष्ठले १८ होल टुग्याउँदा केवल १ अण्डर ६८ को कार्डमा सूर्य नेपाल वेष्टर्न ओपन गल्फको पहिलो दिन अग्रता लिएका छन् ।
फ्रन्ट नाईन दुई अण्डर ३२ स्कोरमा रहेर उत्कृष्ठ शुरुवात गर्दै १० औं होलमा ईगल हिर्काए । पार ५ को होलमा दुई स्ट्रोक जोगाउँदै ईगल हिर्काए । तर १५ औं होलमा आईपुग्दा त्रिपल बोगी खेपेपछि पहिलो दिनको उत्साह केही मत्थर बन्न पुग्यो ।
१७ औंमा बर्डी हिर्काउँदा १८ औं होलमा भने फेरी बोगी खेप्दै अन्तत १ अण्डरको कार्ड बनाउँदै शीर्ष स्थानमा रहे । उनलाई पछ्याउने क्रममा नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापा लेभल पार खेलेका छन् । उनको शुरुवात भने गतिलो बन्न सकेन् । पहिलो होलमै डबल बोगीबाट शुरु गरेका थापाले १८ औं फेरी डबल बोगी खेलेर टुग्याएका छन् । यद्यपी उनले लेभल पार(६९) खेल्ने क्रममा फ्रन्ट नाईनमा १ अण्डर र व्याक नाईन भने १ ओभर खेलेका हुन् ।
तेस्रो स्थानमा भने समान १ ओभर खेलेको धरानका गल्फर शुक्र राई, बलभद्र राई र निरज तामाङ छन् ।

सुर्य नेपालको मुख्य प्रायोजनामा बुधबारदेखि वेष्टर्न ओपन शुरु भएको हो । ४८ जना खेलाडीले प्रो र एमेच्योर तर्फको प्रतिस्पर्धामा छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । । हिमालयन गल्फ कोर्षमा सन २०१६ मा शिवराम श्रेष्ठको किर्तिमानी छ । उनले ९ अण्डर २७१ खेलेका थिए । दिपक थापा मगर, दिपक न्यौपाने, सन्जय लामा र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । १९ औं सस्करण सन्जय लामाले जितेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन नगरकोटीको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।