सञ्‍चारमन्त्र‌ीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध

-


     मर्दी न्युज    
     फागुन ८ गते २०७६ मा प्रकाशित


काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । यो घटनबारे अबिलम्ब गर्न छानविन समिति गठन गर्नुपर्ने उनको माग छ । यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने उनले चेतावनी समेत दिएका छन् ।

प्रतिपक्षीले अवरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।