पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने जानकारी गराएको छ ।
यसैगरी सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन् । वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत गोकुल बाँस्कोटालाई जिम्मा दिएका थिए ।