पोखरा, १७ फागुन । पाल्पाली समाज पोखराले पाल्पा जिल्लाका रमणीय पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र पर्यटन क्षेत्रलाई टेवा पुग्ने महत्वपूर्ण उद्देश्यले पोखरामा शनिवार डिजिटल बोर्ड राखेको छ ।
पोखरा महानगरपालिका वडा न ६, लेकसाइड बाराहीचोकमा ९ फिट उचाई र १७ फिट लम्बाईको डिजिटल डिस्प्ले बोर्डको एक कार्यक्रमको बीच सो बोर्ड स्थापना गरेको हो ।
डिजिटल डिस्प्ले बोर्ड स्थापना कार्यक्रमको अध्यक्षता पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सचिव केशव नेपालले गर्नु भएको थियो ।
पाल्पा जिल्लाका विभिन्न गाउपालिका तथा नगरपालिकाका प्रमुख र प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुनुहुन्थ्यो ।