प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७६ मा प्रकाशित


काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।

अस्पतालमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए । उनको सबै ‘भाइटल’ तथा ‘ल्याव’ सूचकहरु सामान्य अवस्थामा रहेको कार्यकारी निर्देशक प्रा.डा. खड्गाले जानकारी दिए ।

उनले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको बताए ।