
पोखरा, २५ फागुन । १८ औं संस्करणको पोखरामा जारी आहा रारा गोल्ड कपमा आज आइतबार मनाङ मर्र्याङ्दीसँग झापा–११ भिड्ने भएको छ । आज हुने दोस्रो क्वाटर फाईनलको खेलमा झापा–११ ले प्रिक्वाटरमा विभागीय टीम एपिएफलाई पराजित गरि आएको हो भने मनाङ मर्स्याङ्दी क्लब बाईमा परि क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
आहा रारामा मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) को इतिहास हेर्दा निकै बलियो टिम हो । १८ औं संस्करणको खेलसम्म आइपुग्दा एमएमसीले अहिलेसम्म पाँचौैं पटक उपाधि जित्न सफल टिमको रुपमा स्थापित भएको छ । यस हिसाबले हेर्दा झापा–११ ले भने कुनै उपाधी उचाल्न सकेको छैन ।
आजको खेल पोखरा रंगशालामा दिउसो २ बजे शुरु हुने आयोजकले जनाएको छ ।