बाँस्कोटाको घरमा बम विष्फोटप्रति नेकपाको निन्दा

-


     मर्दी न्युज    
     फागुन २८ गते २०७६ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको निन्दा गरेका छन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणीसमेत गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् ।

‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् ।