कोरोना प्रभावः पोखराका मुख्य बजार बन्द, आवातजावत कम हुँदै (फोटो फिचर)

-


     मर्दी न्युज    
     १० चैत्र २०७६ मा प्रकाशित


mardi news

पोखरा, १० चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले पूर्वतयारी गर्न सबैमा आवश्यक काम बाहेक बाहिर नजान अपिल गरेपछि पोखराका चोक र गल्लीहरुमा आवतजावत कम हुँदै गएको छ भने मुख्य बजार ठप्प देखिन्छ । अघिपछि चहलपहल हुने पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, न्यूरोड, लेकसाइड, पृथ्वीचोक लगायतका बजार यतिबेला बन्द छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्न आग्रह गरेसँगै आज सोमबारबाट बजार बन्द गरिएको हो ।

पोखराको न्यूरोडस्थित भाटभटेनीमा पनि अत्यावश्यक ग्रोसरीबाहेक अन्य बन्द गरिएको छ । भाटभटेनीले सर्वसाधारणलाई हात धोएर मात्र भित्र प्रवेश गराइएको छ भने सबैमा मास्क लगाउन अनुरोध गरिएको छ । यसैगरी बैंकमा सेनिटाइजर छर्केर मात्र प्रवेश गर्न अनुरोध गरिएको छ । अहिले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।

त्यसैगरी, संक्रमणलाई ध्यानमा राखेर मुख्य व्यापारिक भवन र पसलहरु पनि बन्द भएको छ । फेन्सी पसल, मोबाइल पसल, सुनचाँदी पसल लगायत रेष्टुरेन्टहरु बन्द भएको देख्न सकिन्छ । मुख्य बजार महेन्द्रपुल, न्यूरोड, पृथ्वीचोक, लेकसाइडका छिटफुट रुपमा तथा भित्री रुपमा खोलिएका पसल, रेष्टुरेन्टहरुमा पनि ग्राहक र उपभोक्ताहरुको चाप घट्दो छ ।