पोखरा, २३ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने ६४ हजार ७०३ पुगेको छ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या १२ लाख १ हजार ५९१ को पुष्टी भएको छ ।
कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा धेरै ३ लाख ११ हजार ३०१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा कोरोना संक्रमणबाट ८ हजार ४७६ मासिनले ज्यान गुमाएको छ । एकैदिन अमेरिकामा ३३ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा १ लाख २६ हजार १६८ जना संक्रमित छन् भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४७ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ३४ हजार २१९ जना रहेको छ ।
त्यस्तै इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमित छन् भने १५ हजार ३६२ मानिसले ज्यान गुमाएका छन् । २० हजार ९९६ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा ८४ हजार भन्दाबढी नयाँ संक्रमित थपिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।