संसद्‌को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०७६ मा प्रकाशित


Sabhamukh - Sansad

काठमाडौं, २४ चैत । सरकारले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण प्रतिनिधिसभाको बैठक चैत ७ गतेयता बस्न सकेको छैन । चैत १३ गते सारिएको बैठक पुनः सारेर २३ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।