विश्वभर कोरोनाबाट ९५ हजारभन्दा बढीले ज्यान गुमाए [अपडेट]

-


     मर्दी न्युज    
     २८ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २८ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमितको संख्या १६ लाख नाघेको छ । वल्र्डमिटरका अनुसार शुक्रवार बिहानसम्म १६ लाख ३ हजार ४३३ जनाको संक्रमितको पुष्टी भैसकेको उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३४ मानिसले ज्यान गुमाएका छन् । यससँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ८५ हजार १० जना थप कोरोना संक्रमित हुन पुगेका छन् ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा हालसम्म ४ लाख ६८ हजार ५६६ जनाको कोरोना संक्रमणको पुष्टी भएको छ भने १६ हजार ९६१ मानिसले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा नागरिक गुमाउनेमा इटली पुगेको छ । इटलीमा हालसम्म १८ हजार २७९ जनाले कोरोनाका कारण ज्यान गुमाएको छ । त्यस्तै स्पेनले पनि १५ हजार ४४७ जना कोरोनाका कारण आप्mना नागरिक गुमाएका छन् । यसैगरी फ्रान्समा कोरोना भाइरसबाट १२ हजार २१० जनाले ज्यान गुमाएको छ ।

विश्वभर ३ लाख ५६ हजार ४४० मानिस निको भएर घर फर्किसकेका छन् । हाल विश्वभर ११ लाख ५१ हजार २७७ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १२५ को अवस्था गम्भीर रहेको छ ।