
पोखरा, २ वैशाख । लकडाउनको अवधि हटाउने वा बढाउने विषयमा निर्णय गर्न आज मन्त्री परिषद्को बैठक बस्दैछ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिन अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ सम्म बढाउने घोषणा गरेका छन् । भारतमा बढेको लकडाउनको विश्लेषण गरेर निर्णय गरिने स्रोतले जनाए ।