आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०७७ मा प्रकाशित


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि आप्रवासीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश दिने व्यवस्थालाई खारेज गर्न लागेको घोषणा गरेका छन ।

सोमबार राति ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको रोजगारीको सुनिश्चितताका लागि आप्रवासीलाई अस्थायी रुपमा रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जनाएका हुन । तर यसको प्रक्रिया तथा मापदण्ड के हुने भन्नेबारे अहिले केही स्पष्ट जानकारी दिइएको छैन । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि पनि उनले बताएका छैनन् ।

कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि अमेरिकामा बेरोजगारी दर ह्वात्तै बढेको छ । अमेरिकाले आप्रवासी भीसा दिन बन्द गरेमा रोजगारीमा आधारित आप्रवासनसहितका विभिन्न प्रकारका भीसा अस्थायी रुपमा बन्द हुने सम्भावना छ ।