सामूहिक पूजा र प्रार्थना नगर्न सरकारको आग्रह

-


     मर्दी न्युज    
     ९ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ९ वैशाख । मठमन्दिर, मस्जिद, चर्च लगायत धार्मिक अनुष्ठानमा सामूहिक रुपमा पूजा तथा प्रार्थना नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

मन्दिर तथा मस्जिदहरुमा सामूहिक रुपमा बसेर प्रार्थना गर्दा कोरोना संक्रमण फैलनसक्ने त्रासका कारण मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेको हो । आफ्नै घरमा बसेरै धार्मिक आस्था अनुसार प्रार्थना गरेर कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

केही सातादेखि तराईका केही जिल्लामा मस्जिदमा बसेर सामूहिक रुपमा प्रार्थना गरेको भेटिएपछि सरकारले रोक लगाएको थियो ।

यसवाहेक कोरोना भाइरसको औषधिको रुपमा आयुर्वेदिक औषधिको प्रयोग भन्दै आएका समाचारहरु प्रति प्रमाणित नभएको भन्दै भ्रामक समाचार नपत्याउन मन्त्रालयले आग्रह गरेको छ ।