
काठमाडौं, १० बैशाख । नेपालमा तेस्रो कोरोना संक्रमित धादिङका युवकको अस्पतालबाट डिस्चार्ज हुने भएको छ । चैत ६ गते एयर अरेबियाको उडानबाट नेपाल आएका उनको तेस्रो र चौथो स्वब परीक्षण नेगेटिभ आए पछि आजै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज गर्न लागेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।
धादिङ घर भएका ती युवक सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका उनको स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य जाँच गर्ने क्रममा चैत ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
अब नेपालमा उनीसँगै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ६ पुग्ने छ ।