
पोखरा । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३४ दिन बितेको छ । यो लकडाउनमा धेरै मानिसहरू घर भित्रै बस्न बाध्य छ । मानिसहरूलाई बिहानदेखि बेलुकीसम्म समय कटाउन हम्मे हम्मे भइरहेको छ । गाउँ घरतिर घाँस काटने, खन्ने, जोत्ने गरी खेतीपाती लगाउने जस्ता कामहरू हुन्छ त्यसैले समय बिताउन सजिलो हुन्छ । तर शहर बजार तिर मानिसको आवादी धेरै भएकोले महामारी नियन्त्रणको निम्ति घर बाहिर निस्कन, हिडडुल गर्न नियन्त्रित छ । त्यसैले दिन काट्न पनि मुस्किल हुन्छ । यतिखेर शहर बजारका अधिकांशको दिनचर्य भने मोवाइल चलाउने, टिभि हेर्ने र समाचार हेर्ने तथा सुन्नेमा नै समय व्यतित भएको छ ।

यस्तो समयमा एक जना यूवा कलाकार छन् सुदिन श्रेष्ठ जो सधै निरन्तर कला साधना लागिहेको छ । यहि लकडाउनको समयको सदुपयोग गर्दै कलाकार श्रेष्ठ कला सिर्जनामा तल्लिन छ । उनका पेन्टिङहरू हेर्दा यस्तो लाग्छ कला पारखिलाई पनि स्वयम् निर्मल फेवातालमा डुङ्गा सयर गरेझै हुन्छ । त्यस्तै पहाडका कुना कन्दरामा पुगेझै हुन्छ । घर भित्रै पेन्टिङ्गमै मस्त छन् उनी ।

उनका पेन्टिङ्गहरूमा हिन्दु संस्कृति, ऐतिहासिक पुरातत्व, जनजातीका मुहार चित्र र प्रकृतिका दृश्यहरू अर्धमूर्त रूपमा देख्न सकिन्छ । सन् १९९१ जुन १५ मा पोखरा लेखसाईडमा जन्मिका कलाकार श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट पेन्टिङ्गमा एमएफए गरेका छन् । हाल उनी हिलपोईन्ट माध्यामिक विद्यालय, पोखरामा फाईनआर्ट विभाग अन्र्तगत ऐपलाई आर्ट अध्यापन गराउँछन् ।

अहिले उनले नयाँ शैली बिन्दुवाद अर्थात अंग्रेजीमा पोईन्टईजममा पेन्टिङ्ग सिर्जना गर्छन् । यो शैलीमा उनले दर्जन भन्दा धेरै कला सिर्जना गरी सकेका छन् । सिधासाधा स्वभावका धनी उनी धेरै कलागत कार्यक्रमहरूमा त्यति सामेल गर्न रूचाउन्न । उनलाई नेपाली कलाकारहरूमा नेपालका वरिष्ठ कलाकार शशीविक्रम शाह र विदेशीमा साल्भाडोर डाली मनपर्ने कलाकारहरू हुन । निकट भविष्यमा आफनो एकल कला प्रदर्शनी गर्ने शोच बनाएका उनलाई सतत् शुभकामना ।