पोखरा । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या ३२ लाख नाघेको छ । विश्वभर गरी हालसम्म ३२ लाख १९ हजार २४० जना संक्रमित भइसकेको तथ्यांकले देखाएको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख ६४ हजार १९४ जनामा पुष्टि भैसकेका छन् ।
त्यस्तै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ८९९, इटलीमा २ लाख ३ हजार ५९१, फ्रान्समा १ लाख ६६ हजार १२०, बेलायतमा १ लाख ६५ हजार २२१, जर्मनीमा १ लाख ६१ हजार ५३९ र टर्कीमा १ लाख १७ हजार ५८९ जनामा पुष्टि भइसकेको छ ।
कोरोना संक्रमणका कारण विश्वभर गरी २ लाख २८ हजार १९४ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका अग्रपंक्तिमा छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ६१ हजार ६५६ मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै अमेरिका पछि इटलीमा २७ हजार ६८२ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् । यसैगरी स्पेनमा २४ हजार २७५ जना, बेलायतमा २६ हजार ९७ तथा फ्रान्समा २४ हजार ८७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेको जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५७ पुगेको छ भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत बाँकी ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।