लकडाउन फेरि लम्ब्याउने सरकारकाे तयारी, मन्त्रिपरिषद्ले भोलि निर्णय गर्ने

-


     मर्दी न्युज    
     २३ बैशाख २०७७ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले देशमा संक्रमित थपिदै गएकाले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको हो ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताए । उनले २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलि मन्त्रिपरिषद्ले निर्णय गर्ने पनि बताए ।