पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघेको छ । हालसम्म कोरोनाका कारण २ लाख ६५ हजार ७६ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ७४ हजार ७९९ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७ तथा फ्रान्समा २५ हजार ८०९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यसैगरी स्पेनमा २ लाख ५२ हजार ६८२, इटलीमा २ लाख १४ हजार ४५७ र बेलायतमा २ लाख १ हजार १०१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
विश्वभर हालसम्म ३८ लाख १९ हजार ८४३ जनामा संक्रमण हुँदा १२ लाख ९९ हजार २६२ जना उपचार पछि निको भइसकेका छन् । ४८ हजार २१४ जनाको गम्भीर अवस्थामा उपचार गरिरहेको छ भने बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
नेपालमा बुधवार मात्र थप १७ जनामा कोरोना संक्रमितको पुष्टि भएसँगै ९९ जनामा संक्रमण देखिएको छ भने हालसम्म कसैको पनि कोरोनाका कारण मृत्यु भएको छैन ।