एजेन्सी। रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा अस्पतालमा आगलागी हुँदा सघन उपचार कक्षमा उपाचाररत पाँच जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ।
भेन्टिलेटरमा सर्किट शर्ट हुँदा आगलागी सुरु भएको रुसी समाचार संस्थाहरूले जनाएका छन्।
अस्पतालबाट १५० जनाको उद्धार गरिएको र आगलागी नियन्त्रणमा आएको त्यहाँको आपत्कालीन मन्त्रालयले बताएको छ। बीबीसी