काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग चीनले गरेको छ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले बुधवार नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । आज बिहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।
स्वास्थ्य सामग्री लिएको आएको चिनियाँ जनमुक्ति सेनाको विमान बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली सेनाले सहयोग गरेवापत मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री सहयोग गरेको हो ।
नेपाली सेनाले कति परिमाणको स्वास्थ्य समाग्री प्राप्त गर्यो भन्ने कुरा अहिलेसम्म खुलाएको छैन ।