कला परिधिमा राजेन्द्र गुरूङ

-


     मर्दी न्युज    
     ५ जेष्ठ २०७७ मा प्रकाशित


राजेन्द्र गुरुङ एक अन्तरनिहित तथा अन्तरमुखि कलाकार हुन भन्दा फरक नपर्ला । कलाकार भएर पनि उनी कुनै पनि कला संस्थासँग आबद्ध छैन । स्कुल पढदै गर्दा धेरै कम्यूनिष्ट नेताहरूको मुहार चित्र बनाउने गर्थे । भ्लादिमिर लेनिन, चेग्वोरा, कार्ल माक्र्स, माओत्से तुङ्ग आदि नेताहरूको तेल रंग माध्यममा मुहार चित्रहरू राम्रो बनाउथे ।

उनको कला हेर्दा तेल रंग र जल रंग माध्यममा पनि उनी सिद्वहस्त प्रस्ट देखिन्छ । तर उनी व्यावसायिक कलाकार भने हैन । उनका चित्रहरू कलादीर्घा, चित्रकला प्रर्दशनी र आर्ट ग्यालरी पसलहरूमा देख्न पाईदैन । आफनो शौखको रूपमा चित्र बनाउने गर्दछन । यदाकदा चिने जानेको साथीभाई र आफन्तहरूको अर्डर आएमा मात्र पेन्टिङ बनाउने गर्छन् । उनको व्यावसायिक भने ईलेक्ट्रिसियन पेशा हो । कुनै बेला उनी साईन बोर्ड पनि बनाउथे । पोखरा पृथ्वी चोकस्थित रञ्जीत आर्ट साईन बार्ड पसलमा काम पनि गरे ।

उनको गीत संगीतमा पनि त्यतिकै रूचि छ । लोक आधुनिक गीतहरू राम्रो गाउने क्षमता छ । उनी किशोर अवस्था छदा कुनै बेला जनवादी संगीत समुहसँग आबद्व थिए । प्रतिभा सबैसँग हुदैन । प्रतिभा भए पनि प्रस्फुटन हुनलाई वातावरण समय प्रेरणा आदी तत्वहरूको आवश्यक पर्छ । यी वातावरणबिना प्रतिभा मौलाउन पाउदैन । सायद उनको प्रतिभालाई समयले उनलाई चिनेन कि उनले समयलाई पछ्याउन सकेन यो रहस्यको विषय छ । उमेरले पचास बसन्त टेक्दै गरेका उनी सिद्वार्थ राजमार्ग अन्तर्गत कुभिन्डे स्याङ्जामा आफनै निवासमा सपरिवार बस्दै आएका छन् ।

हेरौं उनका केही चित्रहरू ।