विश्व केसी मोर्डन आर्टिष्ट हुन । उनलाई अमुर्त कला सिर्जना गर्न औधि मन पर्छ । उनको धेरै पेन्टिङ्गहरू अमुर्त छन । उनी हरेक विषयलाई अमुर्त रूपमा देख्छ ।
यो लकडाउनको समयले धेरै मानिसलाई अत्याएको छ । कहाँ जाउँ, कता जाउँ भैराखेको छ । उनी यही बताउँछन । त्यसैले उनी पेन्ङ्गिमै डुब्छन । पेन्टिङ्ग बनाउदा तनाब मुक्त हुन्छ । एक खाले मेडिटेशन हुने उनको बुझाइ छ ।
उनी अमुर्त स्कप्चर पनि हुन् । माटो, सिमेन्ट रूखका जराहरूबाट मुर्ति बनाउँछन् ।आधुनिक मुर्ति कला तर्फ २०७५ मा नेपाल ललित कला प्रज्ञा प्रष्ठिानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शननीमा पश्चिमाञ्चल क्षेत्रीय विशेष पुरस्कार प्राप्त गरेका उनले छोरेपाटनस्थित एकान्त कुनामा आफनै कला स्टुडियो बनाएका छन् । कहिले काहि अरू कलाकार साथीहरू जम्मा भई उनको कला स्टुडियोमा चिया गफ पनि चल्छ ।
उनको धेरै पेन्टिङ्गमा अमुर्त मुहार चित्रहरू देख्न सकिन्छ । उनी कलामा प्रयोग धर्मि पनि हुन । उनका धेरै पेन्टिङ्गहरू प्रयोगवादी शैलिमा छन । शिव र बुद्व भगवानलाई उनी अमुर्त देख्छ अनि पेनिटङ्ग बनाउछ । औपचारिक शिक्षामा सिर्जना फाईन आर्ट कलेज काठमाण्डौमा आईएफएसम्म पढाइ पूरा गरेका
उनी पोखरामा हुने हरेक कला गतिविधिमा सहभागि रहदै आएको छ । कला कार्यशाला, प्रदर्शनी, अन्तरक्रियात्मक कार्यक्रम उनको उपस्थिति नियमित हुन्छ । उनको तर्क गर्ने क्षमता गतिशिल छ ।
उमेरले छत्तीस वर्षको खुडकिलो काटदै छ । उनको व्यावसायिक पेशा भने ‘ईनसाईड डिजाईनर’ अर्थात ‘होम डोकोरेशन’ हुन । पोखरा लेकसाईडदेखि मुस्ताङ्गको लज रेष्टुरेण्टसम्म ‘स्टलेसन आर्ट’ अनुसार डेकोरेशन डिजाईन गरेका छन । संस्थागत रूपमा उनी सिर्जनशील कलाकार समुह कास्की र पोखरेली यूवा सांस्कृतिक समुहका सदस्य हुन । साथै पोखरेली यूवा सांस्कृतिक परिवारमा कला संयोजकको भूमिका निभाई सकेका छन् ।