काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ । शनिबारको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत जानकारी दिए ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले बैठकपछि ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव ।’
भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।
कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 30, 2020
केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव ! pic.twitter.com/jtIbc5pnkP