दावा छिरीङ लामा
संसार कोरोनाले आतंकीत् छन् । त्यसै गरी नेपाल पनि त्यसैको चपेटामा परेको छ । नेपाल देशको मुख्य अर्थतन्त्रको मेरुदण्ढ भनेकै पर्यटन क्षेत्र हो । आज कोरोनाले पर्यटन क्षेत्र ठप्पै थलिएकोछ र पर्यटन क्षेत्रमा आबद्ध रहेका लाखौ मजदुरहरु भोकले गलिएको छ ।
राज्यको पूर्व तयारीको कमजोरी र सिमामा आवागमनको फितलो कार्यान्वयनले आज कोरोनाबाट संक्रमितको संख्या पनि दिनानुदिन बढि रहेकोछ । पर्यटन मजदुरहरु यतिखेर रोग भन्दा पनि भोकसंग लडिरहेको छ र विभिन्न मजदुर संगआबद्ध संघ संस्थाहरु अहिले कानमा तेल हालेर सुतिरहेको छ । राज्यले देखेर पनि नदेखेको जस्तो, सुनेर पनि नसुने जस्तो गरिरहको छ । राज्यले अहिलेसम्म गरेको भनेको लकडाउनलाई थप्ने बाहेक अरु केही उपलब्धी देखिन्दैन र अहिलेसम्म नेपाल सरकारले पर्यटन मजदुरको नाममा कुनै पनि राहात प्याकेज नल्याएको देख्दा लाखौ मजदुरहरु निरासामा छन् । राज्यसंग रुष्ट भएका छन् ।
लाखौ मजदुर र पर्यटन व्यवसायीहरु र कोरोनाकै पहिलो सुरुवात मित्र राष्ट्र चीनको वुहान सहरबाट सुरु भएपनि राज्यको उच्च सतर्कता र बलियो नीतिले गर्दा कोरोना भाईरसलाई छिट्टै नियंत्रणमा लिन सफल देखिन्छ । संसार कोरोना भाईरससँग लडिरहँदा चाईनिजहरु भने कोरोनासँग लडेरपनि सफल विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरिसकेका छन् । विश्वकै सबै भन्दा अग्लो नेपालमा रहेको सगरमाथा (छोमोलोङ्मा) एभेरेस्टको नयाँ उचाई मापन गर्ने काम २७ मे २०२० मा सफल भएको देखिन्छ ।
नेपाल सरकारलाई पनि ठूलो मौका थियो नेपालमा रहेका सगरमाथादेखि अन्य हिमालहरुलाई सफाई गर्ने र विश्वलाई एउटा राम्रो सन्देश दिने । साथै आरोहीहरुलाई प्रयोग र रोजÞगारमा सदुपयोग गर्ने । तर हल्लैहल्लामा हिमाल सफाई अभियान गर्ने सुनौलो एक सिजनको समय पनि खेर गयो । कोरोना भाइरसको असर विश्वव्यापी परेको हुनेले विश्वमा नै आर्थिक संकट हुने कुरामा दुईमत छैन । विश्व आर्थिक मन्दी हुनु भनेकै पर्यटनक्षेत्रमा मन्दी हुनु हो । त्यसैले कोरोनाले थलिएको पर्यटन क्षेत्र उठ्नमा केही सयम लाग्ने कुरा प्राय निश्चित छ । अबको केही सयमभित्र राज्यले हिमाल सफाई, नयाँ रुटहरुको खोजी, हजारौ भर्जिन अननाउन पिकहरुको खोजी, हरेक ट्रेकिङ रुटलाई मर्मत कार्यमा आरोही, गाईड र भरियाहरुलाई यि क्षेत्रमा राज्यले चलाउन सके सर्प पनि मर्ने लठ्ठी पनि नभाचिने देखिन्छ । राज्यले यसो गरिएमा भाबी दिनमा अझ पर्यटन क्षेत्रलाई प्रसारप्रचार साथै विश्वलाई नै नेपाल घुम्न आउनुमा एउटा राम्रो सन्देश दिने देखिन्छ ।
संखुवासभा भोटखोला–२, हालः काठमाडौं आरुबारी, ट्रेकीङ लिडर तथा क्लाम्बिङ गाईड ।