ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल (टिगान)का अध्यक्ष अस्वस्थ

-


     मर्दी न्युज    
     १९ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । बिगत लामो समयदेखी लगभग बीसौं हजार ट्रेकिङ्ग गाइडहरुको हकहितको निम्ती आवाज उठाउंदै आउनु भएका कर्णबहादुर घलेको दुवै मृगौलाले काम गर्न छाडेको छ

ट्रेकिङ्ग गाइड एसोसिएसन अफ नेपाल- टिगान (Trekking Guide Association of Nepal- TGAN)) मा अध्यक्षको भूमिका निभाउदै आउनु भएका घले लामोसमय देखी सुगर र प्रेसरको रोगसँग लडिरहेको थियो । हाल एक्कासी उहाँको दुवै मृगौलाले समेत कामगर्न छाडेको छ । उहाँको टिचिङ हस्पिटल महाराजगंज, काठमाडौंमा उपचार भइरहेको छ । लामो समयको बेरोजगारी तथा एकदम खर्चिलो औषधि र उपचारका कारण आर्थिक समस्यामा परेको छ ।

उहाँको उपचारको लागि टिगानका बोर्ड सदस्यकाहरूको तर्फबाट आर्थिक सहयोग संकलन गरि यस परिस्थितिमा टिगान(TGAN)) का प्रथम उपाध्यक्ष जाङ्बु शेर्पा र सह कोषाध्यक्ष सोनाम टसि शेर्पाले महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ । ट्रेकिङ्ग तथा पर्वतारोहण सम्बद्घ गाइडहरु, आरोहिहरु तथा ब्यबसायिहरु साथै सोलुखुम्बु तथा संखुवासभाका शुभचिन्तकहरुबाट सहयोग संकलन कार्य शुरु भएको जनाइएको छ ।

देशमा नै केहीगर्न कम्मर कसेर लागेका यस्ता पर्दापछाडीका नायकहरुलाई राज्यको तर्फबाट पनि सहयोग गर्नुपर्ने र सो को लागि टान (TAAN) तथा एनएमए(NMA) ले आवश्यक भुमिका खेल्नुपर्ने पर्यटनसँग सम्बन्धित व्यक्तिहरुले माग गरेका छन् । साथै यस कठिन परिस्थितमा कोहि इच्छुक महानुभाव तथा पर्यटक गाइडहरु लगायत उहाँलाई सहयोग गर्न चाहनु हुनेले उहाँको मोबाइल नम्बर 9841314929 मा सिधै सम्पर्क गर्न नेपाल माउन्टेन लिडर एसोसिएसनले अनुरोध गरेका छन् । नेपाल माउन्टेन लिडर एसोसिएसन ((NMLA) ले अध्यक्ष घलेको सिघ्र स्वास्थलाभको कामना गरेको छ ।