काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधवार साँझ ४ घण्टा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञसँगको छलफल चार घण्टासम्म चलेको थियो ।
प्रधानमन्त्री केपी ओलीले पनि परामर्श बैठक फलदायी भएको ट्वीटरमार्फत जानकारी गराएका छन् । ‘आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।’ प्रधानमन्त्री ओलीले भने, ‘अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।’
विभिन्न क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्तालगायतका २५ जना सहभागी भएको थापाले बताए ।
आज मैले काेराेना महामारीको नियन्त्रण, राेकथाम र उपचारकाे सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगकाे याे बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो । pic.twitter.com/lXyvRY20bm
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2020