पोखरा । शनिवार नेपालमा थप ३ सय २३ जना कोरोना संक्रमित भेटिएका छन् । शनिवार कोरोना संक्रमण पुष्टि भएकाहरुमा २८६ पुरुष र ३७ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
नेपालमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका ३, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४८, डोल्पाका १ जना छन् ।
त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।
जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार शनिबारसम्ममा पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३५ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट ५ हजार ५ सय ७० जनाको नमुना परीक्षण गरिएको छ।
त्यस्तै शनिवारसम्मा क्वारेन्टाइनमा एक लाख ६८ हजार ३१ जना रहेका छन् भने आइसोलेसनमा २ हजार ८ सय ५७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।