पोखराको स्वीस इन्टरनेशनल होटल सरोवर
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको छ । प्रकाशित सूचीअनुसार चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् ।
चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका २८ होटलहरु रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलमा काठमाडौं १, पोखरा १ र रुपन्देहीका १ रहेका छन् । जसअनुसार चारतारे होटलहरु ग्राण्ड, स्वीस इन्टरनेशनल होटल सरोवर र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट छन् । स्वीस इन्टरनेशनल र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबाहेक सबै होटलहरु काठमाडौंका हुन् ।
सरकारले विदेशबाट उद्धार गरिएका नेपालीहरुलाई होटल क्वारेन्टाइनमा बस्न चाहनेलाई राख्ने र होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने निर्णय गरेको छ ।
शुक्रबार म्यानमार र युएईबाट मात्र नेपालहरु आएका छन् । अन्य देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।
हेर्नुहोस क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने होटलहरुको सूचि