नेपाल प्रहरीका ३६ एसपीको सरुवा, कास्कीमा जीवन श्रेष्ठ (सूचीसहित)

-


     मर्दी न्युज    
     २ असार २०७७ मा प्रकाशित


प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ।

सोमबार असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले एसपीहरूको सरूवा गरेको हो।

महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनिहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खान पाउनेछन्।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरमा रहेका एसपी अरूण पौडेलको जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएको छ।


यस्तै सिरहामा उमाशंकर पञ्जियार, बाँकेमा ओमबहादुर राना, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कपिल्वस्तुमा नवराज अधिकारी, उदयपुरमा भीमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङको सरुवा भएको छ।