पोखरा, ५ असार । गण्डकी प्रदेशको ३ जिल्लामा गरी ३२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये बागलुङ जिल्लाका १०, तनहुँका १७ र पर्वतका ५ जना रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८० पुगेको छ ।
शुक्रवार बिहान मात्रै प्रदेशमा २४ जना संक्रमित पुष्टि भएको थियो । संक्रमितहरु सबै क्वारेन्टाइनमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ ।