आइतबार थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो

-


     मर्दी न्युज    
     ७ असार २०७७ मा प्रकाशित


पोखरा, ७ असार । आइतबार थप ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । आइतबार संक्रमित हुनेमा ६४ महिला र ३५७ जना पुरुष रहेको उनले जानकारी दिए

यो सँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ६२ हजार १ सय ७४ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिवारसम्म क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् भने ७ हजार २ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा १ सय ९४ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।



Tags: