पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३१२ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     ११ असार २०७७ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको हुनेमा १९ जना महिला र २९३ जना पुरुष रहेका छन् ।

उनका अनुसार हालसम्म कोरोना निको हुनेको संख्या २ हजार ६५० पुगेको छ । जसमा २१६ जना महिला र २ हजार ४ सय ३४ जना पुरूष छन् ।