पोखरा, १६ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार बिहान अध्यावधिक विवरण प्रकाशित गर्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनाले ४ जिल्लाका गरी १७ जनामा कोरोना संक्रमितको पुष्टि गरेको हो । योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ५ जना, स्याङ्जाका १, लमजुङका १ र कास्कीका ८ जना रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीका संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका एक महिला र ६ जना पुरुष गरी ७ जना रहेको निर्देशक डा. शर्माले जनाए । अर्का एक संक्रमित भने मादी गाउँपालिकाका रहेका छन् । त्यस्तै संक्रमित पुष्टि भएका तनहुँ व्यास नगरपालिकाका २ महिला र ३ पुरुष रहेका छन् ।
त्यस्तै स्याङ्जा पुतलीबजार नगरपालिकाका १ पुरुष र लमजुङ जिल्लाका बेंसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाका एक एक जना रहेका छन् ।
गण्डकी प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या हालसम्म २ सय १४ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।