
पोखरा, ९ साउन । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा प्रदेशमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यससँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ३ सय ६० पुगेको छ । शुक्रवार संक्रमित पुष्टि भएकाहरुमा ४ जिल्लाका रहेको निर्देशनालयले जनाएका छन् ।
संक्रमितहरुमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना, बागलुङ तमानखोलाका १, लमजुङ क्होलासोँथर गाउँपालिकाका १, बेसीशहर नगरापालिकाका १, मध्यनेपाल नगरपालिकाका १ र कास्कीका ५ जना रहेका छन् । कास्कीका संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका ३ र अन्नपूर्ण गाउँपालिकाका २ जना रहेका छन् ।
संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजान तयारी भइरहेका निर्देशनालयले जनाएको छ ।
