पोखरा, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको आजको बैठक अवरुद्ध गरेको छ । असार २३ मा दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यासूचीमा राख्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो
एक घर एक पिसिआर लगायत माग राख्दै कांग्रेसले पहिलोपल्ट संकल्प प्रस्ताव दर्ता गराएको थियो ।
उक्त प्रस्ताव दर्ता भएको एक सातापछि सदनमा छलफलका लागि प्रस्तुत हुने प्रावधान अनुसार त्यो नभएको भन्द सोमबारको बैठकको कार्यसूचीमा उक्त प्रस्तावलाई राख्न अनुरोध गर्दै सदन अबरुद्ध पारेको छ ।
सोमवारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जबसम्म संकल्प प्रस्ताव कार्यसूचीमा आउँदैन तबसम्म बैठक चल्न नदिने बताए । ‘पिसिआरको दायरा बढाउने माग गर्दा सरकारले किन सकारात्मक रुपमा लिइएको छैन’ उनले भने, ‘अहिले लकडाउन सकिएको भनेको कोरोना नै समाप्त भएको अवस्था जस्तो देखिएको र अब समुदायस्तरमा पुग्ने सम्भावना रहेकाले समस्या झनै बढेको छ, तर सरकारले ध्यानै दिएको छैन ।’
काँग्रेस बस्न नमानेपछि सभामुखले एक घन्टाका लागि संसदको बैठक स्थगित गरेका छन् ।