
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव दिएका छन्।
नेकपा उपाध्यक्ष वामदेव गौतमले गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन्।
गौतमद्वारा पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको ६ बुँदे प्रस्तावः
- केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाकाे यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने ।
- पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
- पार्टीकाे एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
- प्रधानमन्त्रीका दैनन्दिनतका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीकाे सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुकाे पदाेन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
- पार्टी केन्द्रीय सचिवालकाे सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालकाे परामर्श लिने ।
- अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।
