
तस्विरः टौ गुरुङ
स्याङ्जा । युकेबासी नेपालीहरुको पहलमा कोरोना भाइरस (कोभिड—१९) का कारण असहज परिस्थितिबाट प्रभावितलाई राहात वितरण गरिएको छ ।
जिल्लाका पुतलीबजार नगरपालिका पेल्काचौर १२ का फेरा र डाँडागाउँ युकेबासी नेपालीहरुको सहयोगमा कोरोनाबाट प्रभावित ज्याला, मजदुरी काम गरी आफ्नो जिविका चलाईरहेका पेल्काचौर १२ का १३७ विपन्न परिवारलाई चामल, दाल, तेल, चिनी र नुन वितरण गरी मानवताको पहिचान दिएका छन् ।

त्यस्तै पुतलीबजार नगरपालिका १२ स्थित स्वास्थ्य चौकीलाई पनि अति आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको पेल्काचौर छिमेकी गाउँ समाजका अध्यक्ष मनकाजी गुरुङले बताए । सरकारले जारी गरेको १२० दिन लामो बन्दाबन्दी हटाए पनि पूर्ण रुपमा सबै व्यवसाय सञ्चालनमा आइनसकेकोले विपन्न परिवारको जनजीवन थप कष्टकर बन्दै गएकोले राहात वितरण गरिएको बताए ।
उनका अनुसार बेलायतमा बसोबास गर्ने दाजुभाइहरुबाट २ लाख ७५ हजार आर्थिक संकलन गरी राहात वितरण गरिएको जनाए ।


