काठमाडौं, २१ असार–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन ।
आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।
पछिल्लो समय नेकपामा चर्कदै गएको विवाद समाधानका लागि नेताहरु दौडधुपमा लागेका छन् । आजको छलफलमा नेताहरुबीच पार्टी एकताको सहमति कायम गर्दे नेताहरुबीच दुरी कम गराउने प्रयास भएको बताए । भोलि स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षको पुन छलफल हुने र सहमतिको विन्दु निकाल्ने प्रयास भइरहेको उनको भनाइ थियो ।