
बागलुङ, २१ असार– । जिल्लाको ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ वर्षीय युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको प्रादेशिक प्रयोगशालाले जनाएको छ ।
केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आई बसेका उनको आज बिहान मृत्यु भएको थियो । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

