गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     १ साउन २०७७ मा प्रकाशित


पोखरा, १ साउन । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बागलुङका २ र स्याङ्जाका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै आज बिहीबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरणअनुसार प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

आज संक्रमित पुष्टि भएकाहरुमा बागलुङ जिल्ला गल्कोट नगरपालिकाका २५ र ३५ वर्षका दुई जना पुरुष रहेका छन् । त्यस्तै स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका १९ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको जनाएको छ ।