कृषिमा रमाउँदै पर्यटनकर्मी [फोटो फिचर]

-


     मर्दी न्युज    
     १ साउन २०७७ मा प्रकाशित


धादिङ । सामान्यतया अघिल्ला वर्षहरुमा प्रताप गुरुङ सगरमाथा आधार शिविर लगायत देशका अन्य हिमालका फेदहरुमा पर्यटकसँग व्यस्त हुन्थे यात चरा अवलोकन गर्दै चरा तथा वन्यजन्तुको फोटो खिच्न व्यस्त हुन्थे ।

पर्यटनको अफ सिजनमा पनि पर्यटनका लागि सम्भावित स्थान तथा नयाँ गन्तव्यको खोजीमा लागिरहेका गुरुङ २०७२ सालको भूकम्पको समयमा लामटाङ राष्ट्रिय निकुंजको क्याङजिङ गुम्बा क्षेत्रमा पहिरोमा परेर त्यस यता पनि कुनै न कुनै रुपमा पर्यटकीय गतिविधिमा व्यस्त थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ र त्यसबाट सिर्जित विषम परिस्थितिका कारण काठमाडौंको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहा लगायतका पर्यटकीय केन्द्रहरुबाट व्यवसायी तथा जनशक्तिहरु विस्थापित हुने क्रम जारी छ ।

सरकारले पनि यो विषम परिस्थितिबाट कसरी पार पाउने भन्ने बारेमा विभिन्न छलफल तथा विचार विमर्शहरु गरेपनि पर्यटन व्यवसायी र कार्यरत जनशक्तिहरुलाई पलायनबाट रोक्न ठोस योजना प्रस्तुत गर्न सकेको छैन ।

यसै मेसोमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं। ११ ज्यामरुङ स्थायी थातथलो भएका गुरुङले तत्कालको लागि कृषिलाई नै विकल्पको रुपमा लिएर २२ वर्षपछि पुनः कृषि कर्ममा फर्किएका छन् ।

अधिकांश पथ प्रदर्शक तथा पर्वतीय पर्यटनमा आबद्ध जनशक्तिहरु अहिले के गर्ने, कसो गर्ने र अबको जीविकोपार्जनको माध्यम के बनाउने भनेर अल्मलिएको अवस्थामा गुरुङले सकारात्मक मार्ग निर्देशन गरेका छन् ।

पक्कै पनि शारीरिक परिश्रम अत्याधिक खर्च हुने कृषि कर्म कार्यालयमा वातानुकुलित वातावरणको घुमाउने कुर्सी तथा पर्वतीय पर्यटनका उकाली ओरालीभन्दा फरक र कष्टकर हो तथापी असम्भव नहुने गुरुङले पुष्टि गरेका छन् ।

सबै तस्विरः प्रताप गुरुङ



Tags: