![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-8.jpg?fit=1024%2C768&ssl=1)
स्याङ्जा । जिल्लाको चन्द्रकोट गाउँका किसानहरू कम लगानी, परिश्रम र मेहनतबाट राम्रो आम्दानी गर्न व्यावसायिक अलैंची खेतीमा लागेका छन् । पुतलीबजार नगरपालिका वडा नं. १२ स्थित पेल्काचौर चन्द्रकोटका ५६ घरपरिवार मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत व्यावसायिक रूपमा अलैंची खेतीमा संलग्न भएका हुन् ।
किसानले गाउँ नजिकैको कोइफेरा सामुदायिक वनकाे ३१.९ हेक्टर जमीनमा अलैंची खेती लगाएका छन् । सामुहिक रुपमा पहिलो पटक चन्द्रकोट कोइफेरामा अलैंची खेती लगाएको हो । स्थानीयको ३ लाख ७५ हजार रुपैयाँ र प्रदेशबाट प्राप्त २५ लाख अनुदानमा ६० हजार विरुवा लगाएका हुन् ।
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi.jpg?resize=1024%2C768&ssl=1)
मिलेनियम पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पर्ने सबैभन्दा बढी उचाईको गाउँ चन्द्रकोट हो । त्यहाँ खोल्सा र ओसिलो जग्गाहरु पनि प्रशस्त छन् । खोल्सा र ओसिलो जग्गामा अलैंची खेती हुने भएपछि त्यसगाउँका किसानहरु यसतर्फ आकर्षित भएको स्थानीयले बताए ।
जिल्लाको अन्य गाउँपालिका तथा नगरपालिकाका किसानहरूले पनि अलैंची खेती गर्दै आएका छन् । पुतलीबजार नगरपालिकालाई अलैंची पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धन गर्ने लक्ष्य रहेको समेत उनीहरुले बताए ।
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-2.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-3.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-4.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-5.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-6.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/Alainchi-7.jpg?resize=1024%2C768&ssl=1)
![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/07/alainchi0.jpg?resize=1024%2C768&ssl=1)